लेदो माटो सडकमा जमेपछि पृथ्वी राजमार्गमा अवरूद्ध

रिपोर्ट नेपाल | 2019 Jun 27 | 09:14 am 3320

धादिङ, असार १२:   वर्षाका कारण पहिराे गइ पृथ्वी राजमार्गमा हिलाे माटाे, गट्टी, बालुवा र काठकाे मुढा सडकमा जाम भएर  बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो सडकमा जमेपछि राजमार्गमा यातायात साधन जाममा परेका छन् ।

राजमार्ग बिहान ४ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका स्थानीय प्रहरी जानकारी दिए ।

अहिलेपनि  वर्षा भइरहेकाे कारणले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने, जाम भएकाे लेदाे हटाउनका लागि सम्पूर्ण सुरक्षा निकाय लागि परेकाे र नाै वटा स्काभेटर पिरचालन गरिएकाे प्रहरीले जानकारी दिए । तत्कालै याे राजमार्ग  नखुल्ने पनि बताए ।

जामका कारण रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको ठूलाे लाम देखिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.