लेक लागि अचेत अवस्थामा रहेका एक जनाको सशस्त्र प्रहरीद्वारा उद्वार

| 2022 May 29 | 08:59 pm 1385

दार्चुला, जेठ १५ः जिल्लाको व्यास गाउँपालिका १ स्थित अपिबाट सशस्त्र प्रहरीले लेक लागि अचेत अवस्थामा रहेका सोही गाउँपालिका ४ सुनशेरा बस्ने २८ वर्षीय राम लोहारलाई सकुशल उद्वार गरेको छ । यार्सागुम्वा संकलन गर्न गएका लोहार लेक लागि अचेत अवस्थामा रहेको भन्ने  जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्वार गरी उपचारको लागि दार्चुलातर्फ पठाएको छ ।

गाँजासहित एक जना पक्राउ
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ किलाे ७ सय ग्राम गाँजासहित भारतमा घर बताउने ३३ वर्षीय अली हुसैनलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निजले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको हो । त्यसवेला उनको साथबाट ४ हजार नेपाली रुपैयाँ, ५ सय भारती रुपैया, आयकर कार्ड एक थान, आधार कार्ड एक थान, दुई थान मोवाईल सेट समेत बरामद गरिएको छ । पक्राउ परेका हुसैनलाई बरामद गाँजा, रुपैया, कार्ड र मोवाईलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको शव फेला
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ राजघाट स्थित मोहना नदिमा डुवेर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।  सोही ठाउँ बस्ने ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता उक्त नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएको बताईएको थियाे ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.