लेंक लागेर मुस्ताङमा भारतीय महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Apr 01 | 07:52 am 1525

जोमसोम, चैत १८: मु्स्ताङमा भारतीय महिला पर्यटकको लेंक लागेर मृत्यु भएको छ। भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुक्तिनाथ दर्शनका लागि बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै २२ जनाको भारतीय टोलीमा उनी जोमसोम आएकी थिइन्।

शुक्रबार बिहान जोमसोमबाट मुक्तिनाथ जाने क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन्।

उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाइसकेको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। सँगै आएका उनका श्रीमानलाई पनि लेक लागेपछि  तत्काल हवाई सेवामार्फत पोखरा लगिएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.