लुम्बिनी बसपार्कमा आगलागी, १२ वटा पसल जलेर नष्ट

| 2021 Dec 17 | 10:29 am 1745

कपिलवस्तु, पुस २ः  लुम्बिनीस्थित बसपार्कमा गएराति आगलागी  भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।

राती २ बजेबाट लागेको आगो  डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको  थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ।  स्थानीयले आगलागी पछि नगरपालिको  दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् । प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.