लुम्बिनी प्रदेश उपनिर्वाचनमा काँग्रेस नेता पाण्डे विजयी

रिपोर्ट नेपाल | 2021 May 31 | 05:04 pm 2461

दाङ, जेठ १७ः लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेले विजयी भएका छन् । उनले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तहतर्फ २१२४ मत भार र प्रदेशतर्फ मतभार २०१६ प्राप्त गरेका छन् ।

खड्काले स्थानीय तह  र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन् ।  निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।

पाण्डेले यो जित लोकतन्त्र  र प्रजातन्त्रको जित भएको बताएका छन् । ‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो’, सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई विश्वास गरेर र काँग्रेस पार्टीले पनि विश्वास गरेर अमूल्य मत दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु ।’

निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएका छन्।  नेपालगन्ज उपमहानगरका नगर प्रमुख,नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न आएनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.