लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

रिपोर्ट नेपाल | 2023 May 02 | 02:04 pm 1277

दाङ, बैशाख १९ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन्। जुन यो प्रदेशसभाको बहुमत हो। यसैगरि उनको बिपक्षमा २९ मत पर्यो। राप्रपाका चार सांसदले भने मतदान गरेनन्। कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमत संख्या ४४ हो। गत १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते सपथ लिएका थिए।

उनी संविधानको धारा १६८ (२) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका हुन्। गत पुस २७ गते माओवादी सहित दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त एमालेका लीला गिरीलाई दिएको समर्थन २५ सांसदले फिर्ता लिएपछि गिरीले गत ११ गते संसदमा बिश्वासको मत मागेका थिए। तर उनले बिश्वासको मत नपाएपछि प्रदेश प्रमुख अमिक शेरचनले १६८ (२) अन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। वर्तमान गठबन्धनमा ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.