‘लुट्न सके लुट’ फेरि यूट्यूबमा जस्ताको त्यस्तै राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

| 2019 Feb 17 | 07:29 pm 2445

काठमाडौं, फागुन ५ : राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत  ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जरी गरी शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुनः राख्न शर्मालाई आग्रह गरेको हाे।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए । बैठकपछि प्रेस विज्ञप्ति जारी शर्माको गीत जस्ताको तस्तै  राख्न आग्रह गरेको हाे ।

प्रतिष्ठानको आज बसेको बैठकले कसैको कर वा धम्कीमा गीत हटाइएको भने जस्ताको त्यस्तै पुन अपलोड गर्न गायक शर्मालाई सुझाव दिएको छ।

नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै शर्माले ल्याएको ‘लुट्न सके लुट कान्छा बोलको गीत सत्तारुढ दल नेकपा निकट युवा सङ्घको दबाबमा हटाएका थिए ।गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए ।

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कैयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतमार्फत छेड गरेका थिए । गीतमा सरकारला ठूलै नेता भ्रष्टाचारमा संलग्न हुने र नडराई खुलेआम गर्ने गरेकाे समेटिएकाे छ ।

मास्टर डिग्री सकेर पनि जागिर खान नसकेको एक युवालाई अर्का एकजनाले लुट्न ‘प्रेरित’ गरिरहेको कथा गीतमा छ । सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना सन्तान भने निजी स्कुल (बोर्डिङ) मा पढाएको, सरकारी अस्पतालको डाक्टरले निजी क्लिनिकमा बिरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै घर ठड्याएको गीतका समेटिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.