सप्तरी, माघ २८: विभिन्न धनमाल लुटपाट गरेको अभियोगमा बोदेबर्साईन नगरपालिका १० बैरियाहीका ३३ वर्षीय नागेन्द्र यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
नागेन्द्र र सोही ठाउँस्थित खडकपुरका २५ वर्षीय निर्मल यादव लगायत ३ जनाले मादक पदार्थ सेवन गरी स्वर्णपट्टीबाट जाजरतर्फ जाँदै गरेको ज ११ प ४७८९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय प्रमोद कुमार यादवको नगद २ लाख ३७ हजार रुपैयाँ, मोबाइल १ थान र घडी १ थान लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोदेबर्साईबाट खटिएको प्रहरीले नागेन्द्रलाई पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।