लुगा धुने क्रममा नदीमा डुबेर एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 30 | 01:41 pm 2585

कञ्चनपुर, चैत्र १६ : बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया रीना रानाको आज (शनिबार) नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । उक्त महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

महिलाका ससुरा भजौरा रानाका अनुसार उनी गर्भवतीका साथै छारे (मृगि) को औषधि सेवन गर्दै आएकी जानकारी दिए । बुहारी नेदीमा डुबेको स्थानीयवासीले खबर गरेपछि नदीमा पुग्दा उनको मृत्यु भइसकेको बताए । मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.