सोलुखुम्बु, कात्तिक ५ : लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । डाइनेस्टिक हेलिकोप्टरको पंखाले लाग्दा माउण्ट एयरको हेलिकोप्टरमा क्षति पुगेको प्रहरीले बताएका छन् ।
ल्यान्ड गर्न लाग्दा उक्त दुर्घटना भएकाे जानकारी प्राप्त भएकाे छ । मानवीय क्षति नभर्इ सबै जना शकुसल रहेकाे बुझिएको छ ।