लिम्पियाधुरा महाकालीको मुहान हो, महाकाली नदी सीमा नदी भएको प्रचण्डको भनाई

रिपोर्ट नेपाल | 2019 Nov 11 | 02:20 pm 3788

काठमाडौं, कात्तिक २५: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

संसदमा अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लिम्पियाधुरा महाकालीको मुहान भएको बताए । साथै उनले महाकाली नदी सीमा नदी भएको पनि प्रष्ट पारेका थिए । यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.