काठमाडौं, मंसिर २२: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १–० को जित दर्ता गर्दै फाइनल खेल तय गरेको हो ।
दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो ।
नेपाल यस नतिजासँगै लिग चरणको विजेता बनेका छन् । लिगमा नेपालले ४ खेलमा १० अंक जोडेका छ भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक प्राप्त गरेका छन् । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित रहेका छन् । श्रीलंका र माल्दिभ्स २–२ अंककासाथ अन्तिम स्थानमा रहेका छन् ।
नेपालले अब मंगलबार हुने फाइनलमा स्वर्णका लागि भुटानसँग खेल्नेछन् । समूह चरणको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गराएका थिए । नेपाल साग फुटबलको साविक विजेता पनि हुन् ।