ला लिगा : बार्सिलोना जिरोनासँग २-२ गोलको बराबरीमा रोकियो

रिपोर्ट नेपाल | 2018 Sep 24 | 03:19 pm 1474

काठमाडौं, असोज ८ : स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलेमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ। यसअघिका ४ खेलमा जित निकालेको बार्सिलोना पाचौं खेलमा गिरोनासँग २-२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा १९ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३५ औं मिनेटमा डिफेन्डर क्लेमेन्ट लेङलेटले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको बार्सिलोना केही दवावमा आएको थियो ।

पहिलो हाफको अन्ति मिनेटमा जिरोनाका क्रिस्टियन स्टुआनीले गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा टुंग्याए । दोस्रो हाफको सुरुमा नै स्टुआनीले नै दोस्रो गोल गर्दै जिरोनाले अग्रता लियो ।

स्टुआनीले ५१औं मिनेटमा गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले पछि परेको थियो । डिफेन्डर जेरार्ड पिकेले ६३औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल बाराबरीमा सकियो ।

बराबरी खेले पनि बार्सिलोना पहिलो स्थानमा नै उग्लिएको छ । बार्सिलोना गोलअन्तरको आधारमा पुन: लिगाको शीर्ष स्थानमा पुगेको हो ।शनिबार रातीको खेलमा रियल मड्रिडले एस्पान्योललाई घरेलु मैदानमा १-० को संघर्षपूर्ण जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा पुगेको थियो ।

दुवै टोलीको समान १३ अंक रहेपनि बार्सिलोनाले १६ गोल गर्दै ५ गोल खाएको छ भने रियलले १२ गोल गर्दै ३ गोल मात्र खाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल म्याड्रिडसँगको अंक दुरी बढाउने मौका भने गुमाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.