काठमाडौं, असार ३ : लोकसेवा आयोगले आवेदन फारम भर्ने मिति थप गरेको छ । मंगलबार एक विज्ञाप्ति जारी गर्दै लोकसेवा आयोगले एक हप्ताको लागि आवेदन फारम भर्ने मिति थप गरेको जनाएको छ ।
आज अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको सुचना अधिकारी डिल्ली सुवेदीले जानकारी गराए।
सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। डवल दस्तुर तिरेर भने असार १७ गतेसम्म आवेदन दिन पाइने छ।
