- महेश सिंह महतो
सिरहा, साउन १४: पूर्व पश्चिम राजमार्ग अन्तर्गत लाहानमा सडक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को १ क २४१७ नम्बरको क्रेनमा सोही दिशामा आउदै गरेको स २ प १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट क्रेनमा ठोकिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा मोटरसाईकल चालक लाहान नगरपालिका १२ का २३ बर्षीय शुरेश चौधरी रहेका छन् ।
चौधरीलाई दाहिने खुट्टफयाक्चर र टाउको गम्भीर चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहानका ट्राफिक इन्स्पेकटर खगेन्द्र एकतेनले जानकारी दिए ।
घाइतेको उपचारका लागि लाहान अस्पतालमा लगिएको र उपचार सम्भव नभएपछी थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाए । मोटरसाईकल ईलाका प्रहरी कार्यालय लाहानमा राखिएको प्रहरीले जानकारी दिए ।