लायन्स क्लव लर्डबुद्धको वृहत स्वास्थ्य शिविर सम्पन्न

| 2023 Oct 01 | 04:27 pm 1281

काठमाडाैं, असोज १४ । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले वर्तमान सरकार स्वास्थ्य क्षेत्रमा सबैको प्रत्यक्ष पहुँच पुर्याउन लागि परेको बताएका छन् । मन्त्री गुरुङले लायन्स क्लव अफ लर्ड बुद्धद्वारा काभ्रेको भुम्लु गाँउपालिकामा आयोजित वृहत नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

मन्त्री गुरुङले जनताले चाहे जस्तो स्वास्थ्य सेवा दिन नसकेको स्विकार गर्दै काठमाडाैंको नजिक रहेर पनि स्वास्थ्य सेवा प्रयाप्त लिन नपाएका भुम्लु वासीलाई क्लवले स्वास्थ्य शिविर राखेर दिएको सेवाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

क्लवका संस्थापक अध्यक्ष विष्णु प्रसाद भण्डारीले चिकित्सक जिवित भगवान हुन उनीहरुको कारणले हाम्रो ज्यान बचेको छ भन्दै पछिल्लो समय चिकित्सक माथी भइरहेको आक्रमणको विरोध जनाएका थिए । विश्व मुटु दिवसको अवसर पारेर राखिएको कार्यक्रममा संस्थापक अध्यक्ष भण्डारीले विश्वको तथ्याङ्क हेर्दा दुई करोड मानिसको मृत्यु मुटुका कारण हुने गरेको बताए । उनले नेपालको तथ्याङ्क प्रष्ट्याउँदै प्रत्येक वर्ष तीस हजार भन्दा बढी मानिसको ज्यान मुटुरोग र हृदयघाटका कारण जाने गरेको बताए ।

मुटुरोगबाट बाँच्नका लागि मुख्यत खानपान र जीवनशैली प्रमुख रहेको भण्डारीको भनाई रहेको थियो । क्लवका अध्यक्ष बदन कुमार भण्डारीको सभापतित्वमा भएको उद्घाटन समारोहमा पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल  ३२५ आई का ड्रिष्ट्रिक गभर्नर चन्द्र कुमार केसी लगायतका व्यक्तिले शुभकामना व्यक्त गरेका थिए । स्वास्थ्य शिविरमा गंगालाल हृदय रोग केन्द्रका प्रमुख रवि मल्लको नेतृत्वमा ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । करिव १ हजार जनाको स्वास्थ्य जाँच भएको वृहत शिविरमा इको १ सय २०, इसिजी ३ सयको गरिएको थियो । शिविरमा भिडियो एक्सरे लगायत ल्याव सुविधा दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.