लायन्स क्याबिनेट बैठक सम्पन्न

रिपोर्ट नेपाल | 2018 Aug 05 | 04:09 pm 2996

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी २ को पहिलो क्याबिनेट बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठक एरिया नम्बर एकको आयोजनामा भएको थियो ।

कार्यक्रममा लायन्स क्लबका इन्टरनेसनल डाइरेक्टर मोहम्मद अद्रेशले लायन्स क्लबले नेपालमा राम्रो मानवीय सेवा गरेको बताए । उनले यसले गर्दा विश्वमा नै नेपालीहरुप्रति सम्मान बढेको जानकारी दिए ।

पूर्व डाइरेक्टर सञ्जय खेतानले संसारभर नेपाली लायन्सको योगदान प्रशंसनीय भएको बताए । डिष्ट्रिक्ट गर्भनर सुनिल ओझाको अध्यक्षतामा बैठक भएको थियो । बैठकमा ३ सय ८६ क्लबका १ हजार ३ सय जना सहभागी भएको आयोजकले बताएको छ ।
कार्यक्रममा लायन्स सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.