तनहुँ, जेठ ३०: लापरबाही तरिकाले सवारी चलाएको भन्दै एक चालकलाई प्रहरीले पक्राउ गरी पुर्पक्षको लागि थुनामा राखेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका वडा नम्बर १ जामुनेका ३५ वर्षीय तुल बहादुर बिक रहेका छन् ।
उनले २०७५ असोज ९ गते म्याग्दे गाँउपालिका वडा नम्बर ४ मनहरी स्थित पृथ्वीराजमार्गको सडकमा दुर्घटना गराएकाे थियाे ।
बिकले चलाएको बा ३ ख ४४४२ नम्बरको हाईस माईक्रोबसले पोखराबाट दमौली तर्फ आउदै गरेको लु १ ख ४१९५ नम्बरको बसलाई ठक्कर दिँदा हाईसमा सवार १४ जना यात्रुहरु घाईते भएका थिए । घाईतेहरु मध्ये तनहुँ व्यास नपा वडा नम्बर ४ का ५४ वर्षीया चिज माया श्रेष्ठ, मुलपानीका ३३ वर्षीया सरस्वती कुँवर र लमजुङ मध्ये नेपाल नगरपालिका वडा नम्बर ३ का ७९ वर्षीया बिष्णुमाया बस्नेतको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य घाईतेहरु उपचार पश्चात
अस्पतालबाट डिस्चार्ज भई अवस्था सामान्य रहेको बताइएका छन् ।
दुर्घटनामा घाईते भएका चालक तुल बहादुर बिक उपचार पश्चात स्वास्थ्यमा सुधार भई कानुनी प्रकृयाको लागि कार्यालयमा उपस्थित भइ चालकको हकमा सम्पुर्ण अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय तनहुँ मार्फत अदालतमा पेश गर्दा २०७६ जेठ २९ गतेको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय तनहुँ पठाईएको छ ।