काठमाडौं, चैत्र २२ : लाजिम्पाटस्थित नीलसरस्वती चैत्यमार्गमा रहेको एक तीन तले घरमा शुक्रबार बिहान भिषण आगलागी भएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार धर्म महर्जनको घरमा आगलागी हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भेषबहादुर थापा रहेका छने भने बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा शाही घाइते भएका छन् । थापाको निसासिए मृत्यु भएको थियो भने चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो । घरमा जाने गल्ली सानो भएका कारण दमकल जान नसकी ठूलो क्षती भएको बुझिएको छ ।