लागूऔषध सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 09 | 04:01 pm 2312

काठमाडौं, मंसिर २३ : काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका २ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी श्रीमती २७ वर्षीया निलु अवस्थीलाई नियन्त्रित लागूऔषध डाइजेपाम र फेनारगन ३० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले कोठामा बिक्री बितरणको लागि उक्त लागूऔषध लुकाइ छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित दुवैजनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.