लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 11 | 01:32 pm 2040

काठमाडौं, फागुन २७ : अवैध लागूऔषध मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर–६ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–१६ बालाजु बस्ने २४ वर्षीय उद्धव पौडेल रहेका छन् ।

उनलाई काठमाडौं जिल्ला अदालतको २०७३ भदौ २१ गतेको फैसलाले २ वर्ष कैद र १ लाख लाख जरिवाना हुने ठहर गरेको थियो ।

उक्त सजाय वेरुजु रही भागी फरार रहेका पाैडेललाई ब्यूरोको टोलीले  बालाजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

प्रहरीले उनलाई २०७२ फागुन २ गते दिउसो १५ः३० बजेको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर–१५ अन्नपुर्णचोकमा अभियुक्त उद्धव पौडेलको साथबाट डाईजापाम, नुर्फिन र फेनारगन मिलाएको ५० सेट (१५० पिस) बरामद गरेको थियो। उनी अदालतमा धरौटी तारेखमा छुटे लगतै फरार रहेका अभियुक्त हाल पुनः फैसला कार्यान्वयनको लागि पक्राउ परेका हुन्।

काठमाण्डौं जिल्ला अदालतमा पेश गरीएका उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि  केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.