तनहुँ, असोज १६ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ।
त्यसै क्रममा लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा
तनहुँ बन्दिपुर गाउँपालिका १ गुरुङटारका सुदन थापा रहेका छन् ।
उनी उपर तनहुँ जिल्ला अदालतको २०६९ जेठ १६ गतेको फैसलाले २ महिना कैद र २ हजार जरिवाना गरी सजाय सुनाएकोमा उक्त फैसला मध्ये २ दिन कैद तथा तोकिएको जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका थापाको खोजतलास गर्ने क्रममा शुक्रबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
उनलाई आफ्नै घरबाट पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको तनहुँ प्रहरीले जनाएको छ ।