लागूऔषध नाईट्रोभेट सहित राई पक्राउ

| 2023 Nov 07 | 04:17 pm 2377

वीरगन्ज, कार्तिक २१ । पर्सा प्रहरीले लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ। वीरगन्जबाट प्रहरीले लागूऔषध सहित मकवानपुरका कृष्ण बहादुर राईलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेका प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालयबाट वीरगंज वडा नम्बर १६ रजतज्यन्ती चौकमा खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ शंकास्पदरुपमा  हिडिरहेका राईलाई रोकी चेकजाँच गर्दा निजले बोकेको कालो झोलाको प्लास्टिक भित्र प्रतिबन्धित लागु औषध नाईट्राभेट ३५ पत्तामा ५२५ ट्याब्लेट सहित पक्राउ गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

पक्राउ परेका राईलाई लागूऔषध सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.