लागूऔषध गाँजा सहित एक भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 31 | 05:49 pm 3958

बारा, कात्तिक १४ : भारत मोतिहारी लखौरा ईनर्वा फुलवार बस्ने २३ वर्षीय शशीकान्त मिश्रलाई अवैध लागूऔषध गाँजा करिब ३४ केजी सहित प्रहरीले पक्राउ गरेको छ ।

सुवर्ण गाउँपालिका ३ लंगडा टोलस्थित ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको युपि ५३ एए ११६१ नम्बरको सेताे कारमा जाँच गर्ने क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी चालक मिश्रलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.