लागूऔषधसहित ४ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 11 | 04:36 pm 1726

काठमाडौं, पुस २७ :  प्रहरीले ललितपुरको महालक्ष्मीस्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार साँझ ललितपुर महालक्ष्मीस्थानमा  चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखतबहादुर खड्का, ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने विजय कुमार ठाकुर र लगनखेल बस्ने गोरखाका सुदीप बरामलाई ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेटसहित पक्राउ गरेको हो ।

यसै गरी महानगरीय प्रहरी वृत्त जगतिबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीमा बा. ८४ प १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्ने पासाङ तामाङको साथबाट साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.