बर्दिया, असाेज २५ः लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका -०४ बस्ने सिमोन बि.क., वडा नं. १ बस्ने ललित भुजेल, भानु सिग्देल र नेपालगंज उपमहानगरपालिका -०४ बस्ने राजेश बि.क रहेका छन् ।
मिति २०७९/०६/२१ गते प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका -०२ फुटाह दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको भे८प ३८०९ नम्बरको मोटरसाईकलमा सवार सिमोन बि.क. र ललित भुजेललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ४ ग्राम ७०० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी नियन्त्रणमा लिईएकाे थियाे ।
थप सोधपुछ गर्ने क्रममा उक्त पदार्थ भानु सिग्देल र राजेश बि.क. ले ल्याउन पठाएको भन्ने जानकारी दिए पश्चात उनीहरु चारै जनालाई पक्राउ गरी मिति २०७९/०६/२४ गते सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताए।