लागूऔषधसहित २ जना प्रहरी नियन्त्रणमा

| 2022 Mar 08 | 07:24 am 2801

सर्लाही, फागुन २४ः अवैध लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ना.५६ प १०६२ न.को
मोटरसाइकलमा सवार सर्लाही बागमती न.पा.वडा न.७ राजघाट टोलमा बस्ने वर्ष २५ का रवि कार्की र ON TEST २२० CC पल्सर मोटरसाइकलमा सवार वर्ष ३० का उमेश कुमार साह रहेका छन् ।

साेमबार सर्लाहीबाट खटिएको प्रहरी टोलीले सर्लाही मलंगवा न.पा.वडा न. ६ खुटौना नहर चौकी स्थितमा चेक प्वाईन्ट थापी पैदल यात्री तथा सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतको सोनवर्षा तर्फबाट आई रहेको अबस्थामा रोकी उनीहरुको शरीर तथा मोटरसाईकल तलासी लिदा ON TEST २२० CC पल्सर मोटरसाइकलमा सवार उमेश कुमार साहले बोकी राखेको टिनको बक्स भित्र लागूऔषध Cough linctus-100ml को ५० बोतल, Codiwell-100ml को १२ बोतल र K-Rex-100ml को ४० बोतल गरी जम्मा १ सय २ बोतल फेला परेकाे थिाये ।

त्यसैगरी रवि कार्की सवार भएको ना.५६ प १०६२ न.को मोटरसाइकलमा लोड भएको अबस्थामा युरिया मल २ (दुई) बोरा फेला पारी कानून बमोजिम बरामद गरी निज रवि कार्की र उमेश कुमार साहलाई पक्राउ गरी लागूऔषध (नियन्त्रण) ऐन, अन्तर्गत सम्मानित सर्लाही जिल्ला अदालत मंलगवाबाट म्याद अनुमती लिई थप अनुसन्धान भई रहेको सर्लाही प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.