सिरहा, मंसिर १३ः जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित गर्साहबाट सशस्त्र प्रहरीले २ सय ७० वटा नाईट्राभेट ट्याब्लेटसहित दुई जनालाई
पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बोदेबर्साईन नगरपालिका १ बस्ने २० वर्षीय धर्मेन्द्र कुमार शाह र २५ बर्षीय बसन्त कुमार मण्डल रहेका छन् । स ८ प २८०३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरासाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
पर्सा जिल्लाको बिरगंज महानरपालिका २४ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ९२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
छालाको जुत्ता बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ता बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका १५ झोडास्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले ल्याउँदै गरको करीव १ लाख रुपैयाँ बरारबको चोरीपैठारीको ज्याकेट बरामद गरेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।