लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ,गाँजा तथा चोरीपैठारीको सामान बरामद

| 2021 Oct 28 | 08:55 pm 1509

पर्सा, कात्तिक ११ः जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित सोही जिल्लाको बदुमाई नगरपालिका २ बस्ने २३ बर्षीय रामाकान्त प्रसाद कानुलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र वीनरेक्स १ बोतल फेला पारेको हो  ।

त्यसवेला सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कानुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

गाँजा बरामद
सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित ईनरुवा ईलाकाबाट सशस्त्र प्रहरीले करीव दुई के.जी. पाँच सय ग्राम गाँजा बरामद गरेको छ ।
बेवारीसे अवस्थामा प्लाष्टिको झोलामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सखुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ४ गैडा भेटपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करील २ लाख ३७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा तथा इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.