काठमाडौं, साउन २५ : लागु औषध खरिद, बिक्री तथा ओसारपसार गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । स्थाई घर बारा निजगढ नगरपालिका -९ भई हाल ललितपुर बस्दै आएका २६ वर्षीय विनोद खरेललार्इ प्रहरीले पक्राउ परेको हो ।
विशेष सुराकीको आधारमा खरेललाई महानगरीय प्रहरी परिसर ललितपुर र पुुल्चोक प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । खरेलसाथबाट NITRAVET-10 लेखिएकाे लागु औषध ५० पत्ता, प्रति पत्ता ३० थान ट्याप्लेट, जम्मा १५०० थान ट्याप्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

ललितपुरमहानगरपालीका वडा नं.२० छास्वाहाल स्थित शङ्कास्पद अवस्थामा फेला परेपछि निजलाई खोजतलास गर्दा निजको साथबाट नियन्त्रित लागु औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका खरेलमाथि अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।