लागु औषधसहित एक युवा पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 22 | 06:26 pm 1675

 महोत्तरी,  वैशाख ९ : महोत्तरीमा लागु औषधसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको सम्सी गाउपालिका, ५ बस्ने १९ वर्षीय शुशील यादवलाई गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको हो ।

यादवको साथबाट डाइजेलाव इन्जेक्सन ५० पिस, नुफिन इन्जेक्सन ५० पिस, रोमेथाजाइन इन्जेक्सन ५० पिस र प्रोक्सीभोन प्लस स्पास्मो ४ पत्ता बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत जलेश्वरबाट सात दिनको म्याद गरी अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.