काठमाडाैं, साउन २ । ईलाका प्रहरी कार्यालय ढाेढरी बर्दियाको प्रहरी टाेलीले ब्राउन सुगरजस्ताे देखिने संकास्पद बस्तु सहित २ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बर्दिया मधुवन ९ का समिर गुरुङ र मधुवन ८ का जीवन खत्री रहेका छन् ।
ईलाका प्रहरी कार्यालय ढाेढरी बर्दियाबाट खटिएकाे प्रहरी टाेलीले बर्दिया मधुबन नगरपालिका ९ मा संकास्पद रुपमा हिडिरहेकाे अवस्थामा खानतलासी लिने क्रममा निजहरुकाे साथबाट ४० मिलि ग्राम लागुऔषध ब्राउनसुगर जस्ताे देखिने खैराे धुलो पदार्थ फेला पारेकाे प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जनाएका छन् ।
उनीहरुलाई जिल्ला अदालत गुलरियाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।