लागुऔषध गाँजसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 07 | 05:34 pm 1573

मकवानपुर, जिल्लाको मनहरि गाउँपालिकाबाट पाँच किलाे अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरिको वडा नं ७ स्थित मनहरि खोलाको बगरबाट उक्त परिमाणको गाँजासहित उनलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जानकारी दिएकाे हाे ।

खोलाको बगरमा शङ्कास्पद अवस्थामा हिँडिरहेको देखिएपछि शङ्का लागेर प्रहरीले झोला जाँच गर्दा गाँजा बरामद भएपछि उहाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.