लागुऔषधसहित दुई जना पर्वतमा पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 06 | 08:25 am 2221

पर्वत, कार्तिक २० : प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ ।

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद रु १६ हजार बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.