लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री

| 2018 Jun 26 | 04:58 pm 3444

ललितपुर, १२ असार : गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन्छ ।

आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकैरुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे ।

“राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागिसमेत संयुक्त आन्दोलन गर्न जरुरी छ,” गृहमन्त्री थापाले भने – ‘‘लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार वा नेता एक्लैको प्रयासले मात्रै गर्न सकिँदैन । यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोलनको शुरुवात गर्दैछौँ ।”

यस्तो आन्दोलनमा विद्यालय र महाविद्यालयका विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । गृहमन्त्री थापालेभने, “यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ । युवालाई यो आन्दोलनकोे मूल कमाण्डरका रुपमा जिम्मेवारी दिएरमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।”

लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सुधार आवश्यक रहेको उजनकाे भनाइ छ। गृहले लागुऔषध निषेधलाई गम्भीरताका साथ लिँदै मूलभूत कार्यभारका रुपमा लिएको जानकारी पनि समेत दिए । उनले भने  “लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होइन पूर्णरुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ ।”

सरकारले विकासका लागि पाँच र १० वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्णरुपमा निषेध गर्ने समयबद्ध योजना बनाएको बताए । उनले भने “लागुऔषधका निषेध सरल छैन तर सम्भव छ । विगतमा जस्तो सामान्य अभियान चलाएरमात्रै यो सम्भव छैन, यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्छ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेत्री एवं सांसद पम्फा भुसालले लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियान पाइलट प्रोजेक्टका रुपमा आफ्नो निर्वाचन क्षेत्र रहेको ललितपुर क्षेत्र नं ३ बाट शुरु गर्न गृहमन्त्रीसँग आग्रह  समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.