लागुऔषधको ‘हव’ बन्दै बुटवल

रिपोर्ट नेपाल | 2018 Jul 18 | 01:27 pm 4073

बुटवल, साउन २: खुला सिमाको दुरुपयोग गर्दै लागु औषध कारोवारीले यतिखेर बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बनाउदै आएका छन् । बुटवलबाट झण्डै एक घण्टाको यातायात दुरीमा पर्ने सुनौली नाकाबाट कारोवारीले लागुऔषध भित्राउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका अधिकांश लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको प्रष्टाएको छ ।

भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बृद्धि हुँदै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए।

डिएसपी मल्लका अनुसार त्यसको लागि जनचेतानमूलक कार्यक्रम आवश्यक रहेको कुरामा उनको जोड थियो । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागुऔषध कारोवार दोब्बर वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४/७५ मा ८४ वटा लागुऔषध कारोवारको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.