लाखौं रकमसहित नौ जना जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 06 | 09:19 am 1951

दाङ, असार २२ः गएराति तुलसीपुर उपमहानगरपालिकामा प्रहरीले जुवाको खालबाट दुई लाख रुपैयाँभन्दा बढी रकमसहित नौजना जुवाडेलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर–७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, ३३ वर्षीय रमेश नेपाली, ३९ वर्षीय धनेश्वर विक, ३६ वर्षीय खिमबहादुर सुनार, २७ वर्षीय सन्तोष नेपाली, ३४ वर्षीय निराजन तिवारी, ३८ वर्षीय शिवकुमार स्वर्णकार, तुलसीपुर–५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा, तुलसीपुर–८ का ३५ वर्षीय शोभाराम सुनार र ३९ वर्षीय टंकबहादुर सुनार रहेका छन् ।

तुलसीपुर–७ नयाँबस्तीस्थित प्रेम सुनारको घरबाट इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आइतबार राति दुई लाख २५ हजार रुपैयाँसहित नौजनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो।

पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.