बाँके, साउन ११ । जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।
नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको एनटिसी र एनसेलका रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको हो । बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।