लाइसेन्स माग्दा विलबुक भित्र एक हजार दिने तामाङ प्रहरी नियन्त्रणमा

| 2023 Dec 05 | 12:18 pm 1453

काभ्रे, मङ्सिर १९।  सवारी चेकजाँचका लागि बसेका प्रहरी कर्मचारीलाई विलबुक भित्र एक हजार दिन खाेज्ने सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धुलिखेलबाट भकुण्डेवेसी तर्फ जादै गरेको प्र – ०३७ प ०९९७ काे स्कुटरमा सवार तामाङकाे चेकजाँचकाे क्रममा चालक अनुमति पत्र माग्दा आफ्नो लाइसेन्स यहि हाे भन्दै विलबुकभित्र पैसा राखेर दिएको प्रहरीको भनाइ रहेको छ।

प्रहरीले पैसा लिन नमानि चिट काट्न थालेपछि तामाङले डिउटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरि अभद्र व्यबहार गरेको भन्दै प्रहरीले आर्थिक प्रलोभन देखाई प्रभावमा पारेर कर्तव्यपथबाट बिचलन बनाउन खाेजेकाे भन्दै काभ्रे जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। स्कुटर सहित नियन्त्रणमा लिइएका तामाङलाई अभद्र व्यबहारमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.