- महेश सिंह
सिरहा, असार ११ः लहान नगरपालिका भित्र सैलुन व्यावसाय गरेर जिविको पार्जन गर्ने नाइँ श्रमिकहरुलाई मनकारी अभियान्ता जोडी महेश चौधरी र संगीता कर्माचार्यले राहत वितरण गरेका छन् ।

लकडाउनले गर्दा बिगत तीन महिना देखि रोजगारी गुमाएका नाइँ श्रमिकहरुलाई कसैबाट राहत नपाएपछि, सबैतिरबाट अपहेलित भएका नाइँ संघसंग आबद्ध हजाम जातिलाई समाजसेवी चौधरी र कर्माचार्यको जोडीले राहत बितरण गरेको हो ।
लहान बजारमा कोठा भाडा लिई बस्दै आएका ३० घर धुरीलाई राहत स्वरुप १० किलो चामल, आधालिटर तेल, १ पोका नुन वितरण गरेको छ । राहत पाउनु भन्दा केही दिन अगाडि नेपाल नाइँ संघले सिरहाको लहान लगायत प्रदेश २ का जिल्लाहरुमा चरणबध आन्दोलनका घोषणा गरेका थिए ।

अहिले सम्म सरकारले गर्न नसक्ने काम यि दुई जोडीले गरेका छन्। राहत बाड्न जाँदा उनीहरुको काम देखेर समाजले गाउँ–गाउँ र टोलमा जहाँ गए त्यहीँ सम्मान गर्ने गरेका छन् । साथै, यि जोडीलाई सबैले धन्यवाद दिने गरेका छन् ।
लकडाउन खुकुलो भए पनि आपत बिपतमा परेकाहरुको लागि सहयोग गर्न कहिले पछाडि नहट्ने यि जोडीले प्रतिबद्धता गरेका छन्।