लहानमा बिमा समितिको जनचेतनामुलक अन्तरक्रिया सम्पन्न

| 2021 Sep 15 | 04:21 pm 2013

  • महेश सिंह

सिरहा, भदौ ३०ः स्थानीय तह तथा सरोकारवालाहरुसंग बिमा सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालीकाका मेयर मुनि साह सुडीका अनुसार बिमा ब्यक्तिलाई हैन सामुहीक हुनुपर्छ र किसानहरुलाई सम्पूर्ण बिमा कम्पनीले सामुहीक रूपमा लहान नगरपालीका हाता भित्र संयुक्त काउन्टर राखनु पर्ने बताए । ताकी किसानहरुले सहज तरिकाले बिमा गराउन पाउ र सरोकारवालाहरुको हौसला प्रदान हुने उनले बताए ।

No description available.

कार्यक्रमको बिशिस्ट अतिथि अशोक अमात्यका अनुसार बिमा समितिलाई जागरुक गर्नै पर्छ र बिमा समितिको जनचेतना प्रत्येक ब्यक्तिसमक्ष पुग्नै पर्ने बताए । बिमा प्रतिको जनचाहना सबैमा हुनुपर्छ लहान नगरपालीकाका प्रबक्ता राज कुमार साहले बताए ।

No description available.

अर्को बिशिस्ट अतिथि लहान नगरपालीकाका उपमेयर सरियार चौधरीका अनुसार हाम्रो ठाउँमा बिमा महत्त्वपूर्ण रहेको बताए तर महिलाहरु बचत र बिमा गर्न अग्रसर रहेको बताए। समुहमा बधिएका महिलाहरुलाई बिमाको जनचेतना दिन आग्रह गरेका थिए। कार्यक्रममा दर्जनौं बिमा कम्पनीको प्रतिनिधीहरुको सहभागीता रहेका थिए।

बिमाले पुजीको सवालमा ब्यक्ति र राज्यलाई पनि सहयोग गर्ने गरेका छन् । जब बिमाको दाबी भुक्तानी लिने बेलामा ढिलो भएको हुन्छ भने तेतिबेला बिमा प्रतिको आकर्षक घटीन जान्छ। वैदेशिक क्षेत्र भनेको नेपालको मुख्य विषय हो उनले प्रकास पारे।

No description available.

बिमा कम्पनी नाफा मुखि मात्र हैन बिमा कम्पनी सेवा मुखि पनी हो। बिमा कम्पनीले देशको अर्थ तन्त्रको बिकासको लागि काम गर्ने गरेका छौँ । कार्यक्रम उल्लेखनीय ब्यक्तिहरुको सहभागिता रहेको आयोजकले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.