- महेश सिंह
सिरहा, भदौ १७ः सिरहाको लहानमा लकडाउन प्रभावित र रोजगारी गुमाएका अति बिपन्न परिवारलाई खाना खुवाउने ब्यबस्था गरेको छ।
लहान नगरपालिका वडा नम्बर ७ का वडा कार्यालय र परोपकार युवा क्लब लहानले संयुक्त रूपमा बुधबार देखि खाना खुवाउने कार्यक्रम संचालन गरेका छन्।

परोपकार युवा क्लब लहान मनकारी युवाहरुको एक समुह हुन्। पछिल्लो समय उक्त क्लबले लहान नगर पानीका वडा नम्बर १,२,३,४ र सिरहाको नबराजपुर गाउँपालिकामा अति बिपन्न परिवारलाई चामल, दाल, आलु, खाने तेल, नुन,सोयाविन, हात धुने साबुन, सर्फ लगायतका सामान राहत स्वरुप वितरण गरेको क्लबका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिए ।
क्लबमा आबद्ध युवाहरू भुसन जैसवाल, एकलास अहमद, सुपरीया मंण्डल, जितेन्द्र साह रौनियार, अपताब आलम, स्नेहा सोनि, चिरञ्जीवी साह, युवा नेता तथा समाजसेवी मुकेश महतो लगायत युवाहरुले तयारी गरीएको खाना बाड्ने गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्न लहन नगरपालिकाका मेयर मुनि साह र वडा अध्यक्ष राकेश रोशन गुप्ताले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सो कार्यक्रम भदौ १७ गतेबाट सुरु भएको छ भने भदौ २७ गतेसम्म संचालनमा रहने वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए ।
रोजगारी मुमाएका युवा वृद्ध र बिपन्न परिवारलाई एक छाक टार्न समस्या परेकाहरु सहज रुपले समयमा खाना आउन र सबैले बाचुन भने मेरो धारणा रहेको गुप्ताले बताए ।
हामीले संयुक्त रुपमा लकडाउन अबधिसम्म बिहान दैनिक १० बजे देखि दिउँसो १२ बजे सम्म र बेलुका ६ बजे देखि ७ः३० बजेसम्म खाना खान आउन आग्रह समेत गरेको, खाना पूर्ण रुपमा साकाहारी भोजनको ब्यबस्था गरेका छन् ।
कार्यक्रम स्थलमा समाजिक दुरी कायम गरी कार्यक्रम संचालन गरेको अध्यक्ष गुप्ताले बताए ।