- महेश सिंह
सिरहा, मंसिर २: लहानमा नेपाल कुशवहाँ कल्याण समाजद्वारा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम लहान ३ अस्पताल चौकमा भएको हो ।
कार्यक्रममा कुशवहाँ समुदायको ४० जना ब्यक्तिहरुले रक्त दान गरेका थिए। बिरामीहरुलाई आप्तकालीन रगतको अभाव हुन् नदिन चाहिएको बेला तुरुन्त उपलब्ध हुने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सिरहाद्वारा आयोजित रक्तदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानको ईन्स्पेकटर सुमित कुशवाहा नेपाल कुशवहाँ विद्यार्थीका अध्यक्ष मुकेश महतो ,रबिन्द्र महतो ,राम कुमार महतो ,रमेश कुमार महतो लगायतका ब्यक्तिहरुले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी लहान शाखाको समेत सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजको क्षेत्र नम्बर १ को उपाध्यक्ष दिनेश महतो ,समाजसेवी दुर्गा प्रसाद महतोको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।
लहान रेडक्रस शाखामा र भैरहेको ब्लड बैंक लहानमा रगत अभाव निकै बढेपछि समस्या थोरै भए पनि हल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिए ।