लहानको पुरानो बसपार्कबाट ३ बोरा सुर्ती बरामतः तस्कर फरार

रिपोर्ट नेपाल | 2019 Oct 22 | 08:51 am 2691

  • महेश सिंह

सिरहा, कात्तिक ५: लहान नगरपालिका ३ स्थित रहेको पुरानो बसपार्कमा भारतबाट भन्सार छली लुकाई छिपाई नेपाल भित्राउदै गरेको ३ बोरा सुर्ती प्रहरीले बरामत गरेको छ ।

नम्बर पलेट नभएको रातो कलरको ग्लाईमर मोटरसाईकलमा लोड गरी ल्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय लहानबाट इन्सपेक्टर सुमित कुशवाहाको कमान्डमा खटिएको प्रहरी टोलिले बरामद गरेको हो । प्रहरीलाई देख्नसाथ तस्करहरु सम्मान छाडेर फरार भएको प्रहरीले जानकारी दिए ।

उक्त सुर्ती करिब ३७ हजार ५ सय बराबरको रहेको प्रहरीले अनुमान गरेको छ। भारतबाट नेपाल ल्याउदै गरेको सुर्ती ईलाका प्रहरी कार्यालय लहानले ठाडि भन्सारमा बुझाउने तयारी भईरहेको इन्सपेक्टर सुमित कुशवाहाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.