काठमाडौँ, असार २६ । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा मालपोत कार्यालयका नायव सुब्बा र खरिदार मङ्गलवार बिहान काठमाडौँबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ। हालसम्म ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।
प्रहरीले यसअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सञ्चार सचिव कृष्ण राउतलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।