काठमाडौँ, असार १३ । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपिहरूलाई अनुसन्धान गर्नका लागि म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएकाे छ ।
बुधबार प्रहरीले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो । भाटभटेनी संचालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएको हो ।
सीआईबीले मंगलबार ७ जनालाइ पक्राउ गरकाे थियाे जसमध्ये ३ जनालाइ बाहिरै राखेर अनुसन्धान गर्ने भनी रिहा गरेकाे छ । उनीहरूलाइ ललिता निवासकाे जग्गा व्यक्तिकाे नाममा गर्न सरकारी कागजात किर्ते गरेकाे आरोप छ ।