काठमाडौं, ४ भदौ । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अभियुक्त बनाइएका भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ सहित १८ जनालाई जिल्ला अदालत काठमाडौंले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले उनीहरुलाई थप ३ दिन हिरासतमा राख्न सिआईबीलाई अनुमति दिएको हो ।
गत साउन ३१ गते थप भएको म्याद आज सकिएपछि सिआईबीले अदालत समक्ष म्याद मागेको थियो । सिआईबीले सो प्रकरणको अनुसन्धान सकेको जनाएको छ । आजै साँझसम्म आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्ने सिआइबीको तयारी रहेको बुझिएको छ ।