ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो

| 2023 Aug 22 | 02:33 pm 2217

काठमाडाैं, भदाै ५ । ललिता निवास जग्गा हिनामिना प्रकरण छानविन सम्पन्न गरेर अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

संगठित अपराध र कीर्ते मुद्दामा करिब तीन सय प्रतिवादीमाथि मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन सिआइवीले बुझाइएको जनाएको छ।

“केही बेर अगाडी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझायौं। हाम्रो तर्फबाट गरेको अनुसन्धानको प्रतिवेदन बुझाएका छौं” सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.