काठमाडौं, माघ १७: काठमाडौं महानगरपालिका वडा नं ४ बालुवाटार स्थित रहेको ललिता निवास भित्रको सरकारी जग्गा हिनामिना भएको सम्बन्धि छानविन प्रतिवेदन ब्यूरोले गृह मन्त्रालयमा बुझाएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्ले २०७५ चैत २८ मा निर्णय गरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मेवारी सुम्पिए बमोजिम छानविन कार्य सम्पन्न गरी सोको प्रतिवेदन तालुक प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल मार्फत तालुक गृह मन्त्रालयमा बुझाईएको ब्यूरोले जानकारी दिएको छ ।