ललितपुर महानगरपालिकाले वैशाख १२ गतेदेखि पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शुरु गर्ने

| 2024 Apr 24 | 05:42 pm 185

काठमाण्डौ १२ बैशाख / ललितपुर महानगरपालिकाले आज वैशाख १२ गतेदेखि पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (सि्क्रनिब) सेवा सुचारु गर्ने भएको छ । गत वर्ष देखी नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि ६० वर्ष उमेर समूहका १३०० महिलाहरुको HPV DNA विधिबाट ८ वटा वडाहरुमा प्रारमि्भक परिक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा थप २९ वटै वडाहरुमा यो सेवा प्रदान गर्ने भएको हो ।

जनचेतना र स्क्रिनिङ्का साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरुलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले निशूल्क उपचार सेवा समेत प्रदान गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरको प्रारमि्भक परिक्षण तथा उपचार सबैको पहुँचमा पु्र्याइ जनचेतना बढाउने उद्देश्यले यो योजनाको सुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता श्री राजु महर्जनले बताए । ललितपुर महानगरपालिकामा गरिने पाठेघर मुखको क्यान्सरको प्रारमि्भक परिक्षण HPV DNA विधिबाट हुनेछ ।

नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारमि्भक परिक्षण (स्क्रिनिङ्ग ) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरु जस्तै Pap Smear, विया भन्दा HPV DNA विधि सबैभन्दा प्रभावकारी विधि हो ।

नेपाल क्यान्सर केयर फाउण्डेशनको आकँडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्ण रुपले बच्न सकिने तथा स्तन क्यान्सरको प्रारमि्भक चरणमै थाहा पाउन सकिने भएको हुनाले यी जाँचहरु नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको डा. घिमिरेले बताए ।

सन् २०३० सम्म ३० वर्षमाथिका महिलाहरुमध्ये नब्बे प्रतिशत (९०%) को पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गर्ने दिगो बिकाश लक्ष्य प्रापि्तका लागि र विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार नेपाल सरकारले आ.ब २०८०/२०८१ मा कोशी, मधेश , बागमती र लुमि्बनीका ८ वटा जिल्लाका १४ स्थानीय तहबाट HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग सेवा Pilot Project को रुपमा शुरुवात गरिसकेको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ । यद्द्पी HPV DNA विधि बाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग सेवा लागू नभएका स्थानीय तहहरुमा VIA विधिबाट नै नियमित रुपमा पाठेघरको मुखको क्यान्सरको सि्क्रनिब गरिने जनाएको छ ।

सरकारले यसै वर्षको अन्त्य सम्ममा ४५००० भन्दा बढी महिलाहरुको HPV DNA विधिबाट स्क्रिनिङ्ग गर्ने लक्ष्य लिएको छ भने आगामी वर्षमा सि्क्रनिब सेवालाई बढाउँदै लैजाने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.